माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत वाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले थप एउटा सिट जितेर कुल चार निर्वाचन क्षेत्रमा जित निकालेको छ।
पछिल्लो मत परिणाम अनुसार नेकपाले रूकुम पश्चिममा जित निकालेको हो।
निर्वाचन आयोगको तथ्यांक अनुसार यहाँ नेकपाका उम्मेदवार गोपाल शर्माले २१ हजार ६०९ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएका छन्।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मानबहादुर शाहीले ४ हजार ७६ मत पाएका छन्।
रूकुम पश्चिमसहित नेकपाले अहिलेसम्म चार सिटमा विजय हासिल गरेको छ।
यसअघि नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रूकुम पूर्वबाट, वर्षमान पुन रोल्पाबाट र महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी भइसकेका छन्।