उदयपुर-२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सूर्यबहादुर तामाङ विजयी भएका छन्।
निकट प्रतिस्पर्धीको तुलानमा दोब्बर बढी मत लिएर उनी विजयी भएका हुन्।
अन्तिम मत परिणाम अनुसार तामाङले १४ हजार ८०२ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका अम्वरबहादुर रायामाझीले ७ हजार ६४८ मत लिएका छन्।
कांग्रेसका रामकुमार राई ७ हजार २९० मतसहित तेस्रो स्थानमा छन्।