नेकपा एमालेको जनमत गुमिरहेका बेला इलामको क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङ दोहोर्याएर विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालय अनुसार उनी २२ हजार ४२६ मतका साथ निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मतका प्राप्त गरेका छन्।
संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका छोरा सुहाङ २०८१ वैशाखमा भएको उपनिर्वाचनमा इलाम-२ बाटै निर्वाचित भएका थिए। २२ महिनापछि भएको निर्वाचनमा उनी फेरि निर्वाचित भएका हुन्।