नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिनाले अग्रता लिएका छन्।
पछिल्लो मत परिणाम अनुसार विक्रमले ११ हजार ८६३ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी प्रकाशशरण महतले ११ हजार ४३७ मत ल्याएका छन्।
यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङ ९ हजार १८३ मत ल्याएर तेस्रो स्थानमा छन्।