प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरत पराजुली विजयी भएका छन्।
पराजुलीले २४४१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटाले १७३२७ मत प्राप्त गरे।
एमालेका सरेश नेपाल तेस्रो स्थानमा रहे। उनले ११९६१ मत हासिल गरे।
यो क्षेत्रमा नेपाली कांग्रेस चौथो स्थानमा रह्यो। कांग्रेस जिल्ला सभापति समेत रहेका जंग बहादुर लामाले ११२९३ मत प्राप्त गरे।
