श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।
यो कुरा साम्पाङले फेसबुकमा पनि लेखेका छन्।
‘लु अब चाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु। जय माटो, जय देश। जय श्रम संस्कृति,’ हर्कले फेसबुकमा यस्तो स्टाटस राखेका छन्।
यही स्टाटसमा झापा ५ बाट विजयी भएका तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले कमेन्ट गरेका छन्। शाह रास्वपाबाट भावी प्रधानमन्त्री उम्मेदवार पनि हुन्।
हर्कको स्टाटसमा बालेनले गरेको कमेन्ट यस्तो छ- तपाईंलाई सधैं माया थियो, छ र रहन्छ। तपाईं र धरानलाई सधैं माया छ।
यसअघि हर्कले आजै स्टाटस लेख्दै रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री बन्दा राम्रो भनेका थिए।
‘जनताले चुनिहाले पछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रवीले गर्दा राम्रो। सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ। नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन,’ उनले लेखेका थिए।