नुवाकोट-२ मा नेपाली कांग्रेसका प्रकाशशरण महत ४ हजार मतले पछि परेका छन्।
मतगणना जारी रहँदा महतले १६ हजार १४५ मत ल्याएका छन्।
त्यहाँ उनी झन्डै ४ हजार बढी मतान्तरले पछि परेका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिनाले अग्रता लिइरहेका छन्।
तिमिल्सिनाले २० हजार २० मत ल्याएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हितबहादुर तामाङले १२ हजार २०७ मत ल्याए।
नेकपा एमालेका बद्री मैनालीले ७ हजार ४६८ मत ल्याए।