राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता असिम साहले वरिष्ठ नेता बालेन शाहले आफै क्याबिनेट छान्ने टिप्पणी गरेका छन्।
रास्वपा सभापति लामिछाने र बालेन शाहलाई आफ्नै घरमा छलफल गराएर मिलाउने भूमिकासमेत खेलेका पूर्वसांसद शाहले सामाजिक सञ्जालमार्फत् मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्नतिर नलाग्न भनेका हुन्।
‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ, जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफै छनोट गरेर बनाउनु हुनेछ, उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ,’ उनले भनेका छन्।