अछाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भएका छन्।
आफ्ना निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुष्पबहादुर शाहलाई ४७२ मतले हराउँदै बोगटी विजयी भएका हुन्।
अन्तिम मत परिणाम अनुसार बोगटीले ९ हजार ५१८ मत ल्याएका छन् भने शाहले ९ हजार ४६ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याएका छन्।
अछाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका पूर्व स्वकीय सचिव भूपदेव शाह पनि प्रतिस्पर्धामा थिए। बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनका स्वकीय सचिव रहेका भूपदेव चुनावी प्रतिस्पर्धामा चौथो भए।
उनले ४५६२ मत ल्याएका छन्।