इलाम क्षेत्र नम्बर १ को जारी मत गणनामा अहिले नेपाली कांग्रेसका निश्कल राईले झिनो मतले अग्रता लिएका छन्।
पछिल्लो मत गणना अनुसार उनले ९ हजार ७४ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका काजी मान कागतेले ९ हजार १३ मत ल्याएका छन्।
उनीहरू बीचको मतान्तर ६१ मात्र छ।
यहाँ श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू ८ हजार ९०५ मतसहित तेस्रो स्थानमा छन्।