सुनसरी क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक कुमार साह विजयी भएका छन्।
नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीलाई २६ हजार १८४ मतले हराउँदै उनी विजयी भएका हुन्।
अन्तिम मत परिणाम अनुसार साहले ४२ हजार ७७१ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी कार्कीले १६ हजार ५८७ मत ल्याएका छन्।
यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जगदिश प्रसाद कुसियैत ८ हजार ६३१ मत सहित तेस्रो भएका छन्।