इलाम क्षेत्र नम्बर १ को जारी मत गणनामा अग्रता लिएका नेपाली कांग्रेसका निश्कल राईले आफ्नो मतान्तर बढाएका छन्।
पछिल्लो मत गणना अनुसार उनले ९ हजार ५४४ मत ल्याएका छन् भने निकट प्रतिस्पर्धी नेकपा एमालेका काजी मान कागतेले ९ हजार ९२ मत ल्याएका छन्।
उनीहरू बीचको मतान्तर ४५२ छ।
यहाँ श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू ९ हजार ७० मत ल्याएर तेस्रो स्थानमा छन्।