राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ४० लाख मत कटाएको छ।
बिहान साढे ११ बजेसम्मको मतगणना विवरण अनुसार रास्वपाले ४० लाख ७७ हजार ९०० मत ल्याएको छ।
निर्वाचन आयोगका अनुसार यस अवधिसम्म ८४ लाख ३५ हजार ०६४ मत गणना भएको छ।
यस आधारमा रास्वपाले पाएको यो मत ४८ प्रतिशत बढी हो।
कांग्रेसले अहिलेसम्म १३ लाख ६७ हजार ५८३, एमालेले ११ लाख ५६ हजार ६५४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ५ लाख ९६ हजार ११३ मत, श्रम संस्कृति पार्टीले २ लाख ९४ हजार ७२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७८ हजार ३१८ मत ल्याएको छ।
जनता समाजवादी पार्टी (जसपा)नेपालले अहिलेसम्म १ लाख २६ हजार ८१७ मत ल्याएको छ।