इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्।
३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत ल्याएका हुन्।
श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत ल्याएका छन्।
रास्वपा उम्मेदवार विमल गदालले ९ हजार १ सय ६० मत ल्याएका छन्।