गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ विजयी भएका छन्।
३८ वर्षीय उनले २९ हजार ८ सय ९६ मत ल्याएका हुन्। उनी गोरखाकै चुमनुब्री गाउँपालिका हुन्।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत ल्याए।
नेकपा उम्मेदवार हरिराज अधिकारीले ११ हजार १ सय २४ मत ल्याएका छन्।
गोरखाका दुवै क्षेत्र रास्वपाले जितेको छ।