प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ गुल्मीका दुई वटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ४३.९७ प्रतिशत मत प्राप्त गरेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १ लाख २२ हजार १८६ मतदाता रहेको क्षेत्र नं. १ मा ६४ हजार ७८७ जनाले मतदान गरेका थिए।
त्यस्तै क्षेत्र नं. २ मा कुल १ लाख ७ हजार ३६३ मतदाता रहेकोमा ५३ हजार ११४ जनाले मतदान गरेका थिए।
फागुन २१ गते भएको निर्वाचनमा दुई वटा निर्वाचन क्षेत्रमा गरी १ लाख १७ हजार ९०१ मत खसेको थियो।
जसमध्ये रास्वपाले क्षेत्र नं. १ मा ३० हजार ६५७ मत र क्षेत्र नं. २ मा २१ हजार १९१ गरी ५१ हजार ८४८ मत प्राप्त गरेको छ। जुन खसेको कुल मतको ४३.९७ प्रतिशत हो।
त्यस्तै नेकपा एमालेले क्षेत्र नं. १ मा १४ हजार १३० र क्षेत्र नं. २ मा १४ हजार ७१५ गरी २८ हजार ८४५ मत प्राप्त गरेको छ। एमालेले कुल खसेको मतको २४.४६ प्रतिशत मत हो।
नेपाली कांग्रेसले क्षेत्र नं. १ मा १२ हजार ७३१ मत र क्षेत्र नं. २ मा १२ हजार ५६० गरी २५ हजार २९१ मत प्राप्त गरेको छ।
नेपाली कांग्रेसले कुल खसेको मतको २१.४५ प्रतिशत प्राप्त गरेको हो।
गुल्मीमा नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ७८५ अर्थात् ४.९० प्रतिशत मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
गुल्मीमा रास्वपा, नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले मात्र थ्रेस होल्ड कटाउन सफल भएका हुन्।