२०८२ को संसदीय निर्वाचनमा अब एक निर्वाचन क्षेत्रको मात्र परिणाम आउन बाँकी छ।
परिणाम आउन बाँकी संखुवासभामा नेकपा एमालेले लगातार अग्रता लिइरहेको छ।
एमाले उम्मेदवार अर्जुनकुमार कार्कीले १५ हजार २५२ मत ल्याएका छन्।
लामो समयदेखि गैरसरकारी संस्थाहरूका लागि काम गरिरहेका कार्की अमेरिकाका लागि पूर्वराजदूत पनि हुन्।
उनलाई १४ हजार २६५ मत ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले पछ्याइरहेका छन्।
मिङ्मा शेर्पा पर्यटन व्यवसायी हुन्।
तेस्रो स्थानमा रहेका दिपनकुमार श्रेष्ठले १२ हजार ६१४ मत ल्याएका छन्।
चौथो स्थानमा रहेकी श्रम संस्कृति पार्टीकी उम्मेदवार उमाकुमारी राईले ९ हजार ३६० मत ल्याएका छन्।