संखुवासभामा नेकपा एमालेले जित हासिल गरेको छ।
एमाले उम्मेदवार अर्जुनकुमार कार्की १५ हजार ६३६ मत पाएर विजयी भएका हुन्।
लामो समयदेखि गैरसरकारी संस्थाहरूका लागि काम गरिरहेका कार्की अमेरिकाका लागि पूर्वराजदूत पनि हुन्।
उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले १५ हजार मत पाए। मिङ्मा शेर्पा पर्यटन व्यवसायी हुन्।
तेस्रो स्थानमा रहेका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत ल्याएका छन्।
चौथो स्थानमा रहेकी श्रम संस्कृति पार्टीकी उम्मेदवार उमाकुमारी राईले ९ हजार ८५७ मत पाएकी छन्।
योसँगै सबै निर्वाचन क्षेत्रहरूको नतिजा आइसकेको छ।