प्रतिनिधि सभाको समानुपातिकतर्फ मत गन्न अब ११ जिल्लाको बाँकी छ। निर्वाचन आयोगका अनुसार इलाम–१, सुनसरी–२, भोजपुर, ओखलढुंगा, संखुवासभा, धनुषा १, २, महोत्तरी–४ र सप्तरी–१ को मत गणना हुन बाँकी छ।
त्यस्तै गोरखा–१, २, बर्दिया–२ र नवलपरासी पश्चिम–१ को मत गन्न बाँकी छ।
हालसम्म १ करोड ४ लाख ४६ हजार ९४३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख १६ हजार ६८ मत प्राप्त गरेको छ।
नेपाली कांग्रेसले १६ लाख ९६ हजार १५०, नेकपा एमालेले १४ लाख १३ हजार ३१२, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ लाख ६९ हजार ४९० मत ल्याएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४९५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २५ हजार ४४४ मत ल्याएको छ।
