मितेरी पार्टी नेपाल सुनसरी १ का प्रतिनिधि सभा सदस्य उमेदवार रक्ष कुमार राईले आफ्नो चुनावमा ४० हजार ७४० रूपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन्।
राईले बुधबार आफ्नो चुनावी अभियानमा ४० हजार ७४० रूपैयाँ खाजा खर्च भएको सार्वजनिक गरेका हुन्। उनले १० प्लेट चाउमिनको २३५०, १२ प्लेट झोल मःमको २३५०, पानी लगायत गरी ४० हजार ७४० रूपैयाँ चुनावमा खर्च भएको बताएका छन्।
राईले १७ मत पाएका थिए।
सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन्। उनले ३५ हजार ७४१ मत ल्याएका थिए।