नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बसेको छ।
केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो।
सभापति गगन थापासहित पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू बैठकमा सहभागी छन्।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि बसेको कांग्रेसको यो पहिलो बैठक हो।
आजको बैठकले समानुपातिकतर्फको नामावली तय गरी निर्वाचन आयोगलाई सिफारिस गर्ने जनाइएको छ।
कांग्रेसले समानुपातिकतर्फ २० सिट र प्रत्यक्षतर्फ १८ सिट जितेको थियो।