नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आफूनिकट नेताहरूको भेला आह्वान गरेको छ।
वैशाख १५ गतेक ाठमाडौंको धुम्बाराहीमा बस्ने गरी भेला बोलाइएको खड्कानिकट निवर्तमान केन्द्रीय सदस्यले बताए।
सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको रिट हालै खारेज गरेको थियो।
त्यसपछि खड्काले कार्यवाहक सभापति लेख्न छाडेका थिए।
साथै खड्का पक्षले धुम्बाराहीमै भेला गरेर सर्वोच्चको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको थियो।
आगामी कदम र रणनीति तय गर्न फेरि भेला बोलाइएको ती निवर्तमान केन्द्रीय सदस्यको भनाइ छ। खड्काले 'कार्यवाहक सभापति' को हैसियतमा विज्ञप्ति जारी गरेको भन्दै केन्द्रीय अनुशासन समितिले ७ दिने स्पष्टीकरणसमेत सोधेको थियो।
यसबीचमा सभापति गगन थापाले नेता खड्कालाई निवास गोल्फुटारमै पुगेर भेटवार्ता पनि गरेका थिए। तर कांग्रेसभित्रको विवाद सुल्झिसकेको छैन।
खड्का पक्षले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापति लगायतको भेला गर्न लागेका हुन्।
यसअघि धुम्बाराहीमा भएको भेलाले तहगत रूपमा भेला गरी राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो।