काठमाडौंको थापाथली क्षेत्रमा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन्।
बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले केहीबेर अघिदेखि प्रदर्शन सुरू गरेका हुन्।
उनीहरूले प्ला कार्डमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रसमेत लिएर प्रदर्शन गरेका छन्।
‘पल्टाऊ वाचा पत्र अनि पढ लेखिएका कुराहरू कार्यान्वयन गर, सुकुम्बासी समस्या होइन सरकारको जिम्मेवारी हो, सुकुम्बासीलाई जग्गा र लालपूर्जा देऊ, वास्तविक सुकुम्बासी पहिचान गर, पुनर्वासबिना हटाउने निर्णय मान्य छैन' जस्ता माग र कुराहरू लेखेर सुकुम्बासीहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा जेनजी अभियानीहरू पनि सहभागी छन्। मोनिका निरौला, लक्ष्मी घिमिरे, अमित खनाल, अजय सोडारीलगायत जेनजी अभियानीहरू पनि सहभागी छन्।
सरकारले सुकुम्बासीलाई हटाउने तयारी गरेको छ। केही सुकुम्बासीहरूले सामान अन्यत्र सार्न पनि थालेका छन्।
सरकारले शनिबार र आइतबार बागमती किनार आसपासका सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेको छ।
त्यसबारे बिहीबार साँझपख माइकिङ गरेर जानकारीसमेत दिइएको थियो।
साथै सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
तस्बिरहरू:
-ink-1777007645.jpeg)
-ink-1777007646.jpeg)
-ink-1777007646.jpeg)
-ink-1777007646.jpeg)
-ink-1777007646.jpeg)
-ink-1777007646.jpeg)
-ink-1777007645.jpeg)
-ink-1777007645.jpeg)
-ink-1777007645.jpeg)
-ink-1777007645.jpeg)
-ink-1777007645.jpeg)



तस्बिरहरू; अक्षर काका/सेतोपाटी।