नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार केहीबेर अघिदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमाथि छलफल भइरहेको छ। साथै संसदीय दलको संशोधित विधानबारे पनि छलफल भएको छ।
बिहीबार सांसदहरूले संसदीय दलको विधान संशोधन गरी अनुमोदनका लागि पार्टीमा बुझाएका थिए।
आज पार्टी संसदीय दल नेता चयनको चुनाव पनि छ।
बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म मनोनयन दर्ताको समय दिइए पनि उक्त समय सरेको छ।
निर्वाचन समितिमा संयोजक सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार अपराह्न ३ बजेपछि संसदीय दल नेता निर्वाचन गर्न मनोनयन हुने समय निर्धारण गरिएको छ।
कांग्रेसमा सकेसम्म सहमतिमै संसदीय दल नेता चयन गर्ने तयारीमा नेताहरू छन्। कांग्रेसमा ३८ जना सांसद छन्।