काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्तीबाट मानिसहरूले आफ्नो सामान सार्न थालेका छन्।
सरकारले सुकुम्बासी बस्ती खाली गर्ने भनेपछि शुक्रबार बिहानदेखि थापाथलीका सुकुम्बासीहरूले सामान सार्न थालेका हुन्।
वस्तीका केही घरबाहिर सामानका थुप्रोहरू देखिएका छन्।
केही गाडीहरू सामान लिएर बाहिरिँदै गरेको देखिएको छ।
बस्तीमै केही मानिसहरू सामान सार्दै गर्दा केही मानिसहरू प्रदर्शन गरिरहेका छन्।
यहाँका सुकुम्बासीहरूले शुक्रबार बिहानैदेखि विरोध प्रदर्शन सुरू गरेका छन्। उनीहरूले प्ला कार्डमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रसमेत लिएर प्रदर्शन गरेका छन्।
‘पल्टाऊ वाचा पत्र अनि पढ लेखिएका कुराहरू कार्यान्वयन गर, सुकुम्बासी समस्या होइन सरकारको जिम्मेवारी हो, सुकुम्बासीलाई जग्गा र लालपूर्जा देऊ, वास्तविक सुकुम्बासी पहिचान गर, पुनर्वासबिना हटाउने निर्णय मान्य छैन' जस्ता माग र कुराहरू लेखेर सुकुम्बासीहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा जेनजी अभियानीहरू पनि सहभागी छन्। मोनिका निरौला, लक्ष्मी घिमिरे, अमित खनाल, अजय सोडारीलगायत जेनजी अभियानीहरू पनि सहभागी छन्।
-ink-1777010680.jpeg)
-ink-1777010680.jpeg)
-ink-1777010680.jpeg)
-ink-1777010679.jpeg)
-ink-1777010679.jpeg)
-ink-1777010679.jpeg)
-ink-1777010679.jpeg)
-ink-1777010679.jpeg)
-ink-1777010679.jpeg)
-ink-1777010678.jpeg)
-ink-1777010678.jpeg)
-ink-1777010678.jpeg)
-ink-1777010678.jpeg)
-ink-1777010678.jpeg)
-ink-1777010678.jpeg)
-ink-1777010678.jpeg)
-ink-1777010678.jpeg)
-ink-1777010677.jpeg)
-ink-1777010677.jpeg)
-ink-1777010677.jpeg)
-ink-1777010677.jpeg)
-ink-1777010677.jpeg)
-ink-1777010677.jpeg)
-ink-1777008216.jpeg)