राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रविकिरण हमालले पार्टी छाडेका छन्।
उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।
‘आज लोकतन्त्र दिवसको यस पावन एवं ऐतिहासिक अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदबाट औपचारिक राजीनामा दिँदै पार्टीबाट पूर्ण रूपमा अलगिएको घोषणा गर्दछु,’ उनको भनाइ छ।
जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी स्पिरिटलाई राजनीति तथा राजकाजको क्षेत्रमा पूर्ण रूपमा व्यवहारिक रूपमा लागू गर्नुपर्ने पनि उनले बताएका छन्।
‘त्यसैका लागि म निरन्तर लड्ने, योगदान दिने र अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्।