संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने १६ जना कर्मचारीलाई तीन दिने अल्टिमेटम दिएको छ।
प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका १६ जना कर्मचारीले अटेरी गरेपछि मन्त्रालयले तीन दिने अल्टिमेटम दिएको हो। उनीहरूलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनेर बिहीबार पत्र काटेको हो।
मन्त्रालयले २०८२ भदौदेखि चैत महिनासम्म स्थानीय तहहरूमा सरूवा गरिएका कर्मचारीको विवरण मागेर हेरिएको थियो। तोकिएको समय पनि व्यतित भइसक्दा पनि १६ जनाले रमाना लिएका थिएनन्।
यसरी रमाना नलिएपछि मन्त्रालयले विभागीय कारबाहीको चेतावनी दिएको छ। निजामती सेवा नियमावली २०५० को नियम ३९ अनुसार तोकिएको ठाउँमा नजानेलाई विभागीय कारबाही हुने व्यवस्था अनुसार पत्राचार भएको हो।
मन्त्रालयले अन्य सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।