नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेले आफू र साथीहरू सभापति गगन थापाको नेतृत्वमा रहेको उल्लेख गरेका छन्।
उनले आफूले संसदीय दल नेतामा दाबी गरिरहेको बेला यो वा त्यो समूहको नभनिदिन पनि आग्रह गरेका छन्।
‘अहिलेको बेलामा पार्टीको नयाँ योजना र नयाँ सभापति गगन थापाको काम गर्ने स्पिरिटसँग कदम मिलाएर अघि बढ्न हामी सबै प्रतिबद्ध छौंl संसदीय दलको नेतामा मैले इच्छा र दाबी प्रकट गरिरहँदा मलाई यो या त्यो समूहको भन्ने लेबल नलगाउन म पार्टीका साथीहरू र सञ्चारकर्मीहरूलाई पनि आग्रह गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्।
साथै उनले पार्टीभित्र भागबन्डा पुरानो कथा बनिसकेको बताए।
‘अब पार्टीभित्र यो र ऊ पक्ष भन्ने अथवा यति र उति भागबन्डा भन्ने कुरा पुरानो कथा बनिसक्योl सभापति गगन थापाको नेतृत्वमा म छु र अरू साथीहरू पनि हुनुहुन्छl अहिलेको बेलामा जे निर्णय गर्दा पार्टीको नेतृत्व र सिंगो पार्टीको हित हुन्छ, त्यसमा हामी सबैको साथ रहन्छ, रहनुपर्छl म यसमा आफू प्रष्ट छु र सबै साथीहरू प्रष्ट रहनुपर्ने भावना राख्दछु,’ उनले भने।
‘नयॅा सोचका साथ अघि बढौं’
विशेष महाधिवेशनबाट नयाँ योजना र नयाँ नेतृत्व स्थापित गरेर अघि बढेको हाम्रो पार्टी नेपाली कांग्रेसलाई आगामी दिनमा बलियो शक्तिका रुपमा स्थापित गर्न पार्टी संगठन र संसद दुवै क्षेत्रमा हामीले प्रखर भूमिका निभाउनु परेको छl
सभापति गगन थापाको नेतृत्वमा पार्टीको थप परिमार्जन र सशक्तीकरणको अभियान अघि बढिरहँदा संसदमा प्रखर भूमिका निभाएर हामीले पार्टीको गति सँगसँगै संसदीय दलको गति र प्रखरता बढाउनु छl देश र जनताका मुद्दाहरूमा सरकारसँग सहकार्य तर गल्ती र कमजोरीविरूद्ध खरो प्रहार गरेर हामीले संसदबाट देश र पार्टी दुवैको हितमा कार्य गर्न सक्नेछौं भन्ने मलाई विश्वास छl
संसदीय दलको विधान वैशाख ११ गते लोकतन्त्र दिवसको ऎतिहासिक दिन पार्टीको कार्यसम्पादन समितिले पारित गरेकोमा धन्यवाद छl पार्टी र संसदीय दलको समन्वय सहज बनाउन बिधानले परिकल्पना गरेको संयन्त्रले हामीलाई काममा तालमेल मिलाउन सहज हुनेछl संसदीय दलले पार्टीको नितिको प्रतिनिधित्व गर्ने हो, अत: संयन्त्रले गर्दा पार्टीको मूल नीति अनि समयसमयमा अघि आउने मुद्दाहरूबारे एकीकृत धारणा बनाउन हामीलाई सजिलो हुनेछl
पार्टीको नेतृत्वमा अझ प्रष्ट भन्नुपर्दा पार्टी सभापतिको नेतृत्वमा एक ढिक्का रहेर पार्टी र संसदीय दलले आजका चुनौतीहरू सामना गर्न नयाँ सोच राखेर काम गर्नुछ l विधान पारित भइसकेपछि अब संसदीय दलको नेता चयनका लागि ढोका खुलेको छl
हामी इच्छुकहरूबीच सहमति गराउन पार्टीले सुरू गरेको सहजीकरणलाई स्वागत गर्दछुl इच्छुक साथीहरू सबै योग्य र आदरणीय हुनुन्छl सबैप्रति मेरो श्रद्धा र सम्मान छl अहिलेको बेलामा पार्टीको नयाँ योजना र नयाँ सभापति गगन थापाको काम गर्ने स्पिरिटसँग कदम मिलाएर अघि बढ्न हामी सबै प्रतिबद्ध छौंl संसदीय दलको नेतामा मैले इच्छा र दाबी प्रकट गरिरहँदा मलाई यो या त्यो समूहको भन्ने लेबल नलगाउन म पार्टीका साथीहरू र सञ्चारकर्मीहरूलाई पनि आग्रह गर्दछुl
अब पार्टीभित्र यो र ऊ पक्ष भन्ने अथवा यति र उति भागबन्डा भन्ने कुरा पुरानो कथा बनिसक्योl सभापति गगन थापाको नेतृत्वमा म छु र अरु साथीहरू पनि हुनुहुन्छl अहिलेको बेलामा जे निर्णय गर्दा पार्टीको नेतृत्व र सिंगो पार्टीको हित हुन्छ, त्यसमा हामी सबैको साथ रहन्छ, रहनुपर्छl म यसमा आफू प्रष्ट छु र सबै साथीहरू प्रष्ट रहनुपर्ने भावना राख्दछुl
श्रद्धेय अग्रज नेता अर्जुननरसिंह केसी संसदमा हामी सबैको अभिभावकका रूपमा हुनुहुन्छl उहाँको समन्वय र सहजीकरणमा संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक र सांसदहरूले थप प्रशिक्षित हुने र परिपक्व भूमिका निर्वाह गर्नसक्ने विश्वास हामी सबैमा छl
संसदीय दलको पदीय जिम्मेवारीमा हामी सर्वसम्मति या निर्वाचन जुन प्रक्रियाले जो आए पनि हाम्रो अभिभावक अर्जुन दाइको समन्वयमा हामी एक भएर संसदमा भूमिका निभाउनेछौंl सबै महत्वपुर्ण कुराहरूमा हामी एक भएर निर्णयमा पुग्नेछौं।