पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक पेजमा समस्या देखिएको छ।
भट्टराईको सचिवालयले दिएको जानकारीअनुसार पूर्वप्रधानमन्त्री भट्टराईको आधिकारिक फेसबुक पेजमा आजदेखि केही प्राविधिक समस्या देखा परेको हो।
‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ,’ सचिवालयले भनेको छ, ‘हाल उक्त पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ।’