त्रिचन्द्र क्याम्पसका नेविसंघले सरकार र सदनलाई उपहारस्वरूप 'राष्ट्रिय विद्यार्थी इन्टर्नसिप ड्राफ्ट' तयार गरेका छन्।
त्रिचन्द्रका स्ववियु सभापतिसमेत रहेका नेविसंघ नेता गोविन्द कोइरालाका अनुसार सडकमार्फत सरकार र सदनलाई राष्ट्रिय विद्यार्थी इन्टर्नसिप ड्राफ्ट उपहार दिइएको हो।
‘सरकारलाई राष्ट्रिय विद्यार्थी इन्टर्नसिप ऐन, २०८३ को ड्राफ्ट सडकमार्फत गरेको उपहार दिएका छौं,’ उनले भने।
उच्च शिक्षा पढेका विद्यार्थीहरू बेरोजगार रहेको उनले बताए।
हाम्रो विश्वविद्यालय शिक्षा र बजारलाई जोड्न स्पष्ट खाका आवश्यक रहेको उनले बताए।
तस्बिरहरू-






