नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूसहितको बैठकले सर्वसम्मतिका आधारमा आङ्देम्बेलाई दल नेता चयन गरेको निर्वाचन समितिका प्रमुख तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।
पाँचथरका ६१ वर्षीय आङ्देम्बे समानुपातिकतर्फबाट सांसद भएका हुन्। उनी निवर्तमान सहमहामन्त्री हुन्।
सभापति गगन थापाले आङ्देम्बेलाई संसदीय दल नेताको प्रमाण पत्र हस्तान्तरण गरेका छन्।
तस्बिरहरू:
-1777282480.jpg)
-1777282481.jpg)
-1777282481.jpg)
-1777282481.jpg)
-1777282480.jpg)