सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन बिदा दिने गरी कानुनी तयारी गरेको छ।
सरकारले सार्वजनिक गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा आन्तरिक पर्यटन बिदा सहित नौ थरीका बिदाको प्रस्ताव गरिएको छ। जसअनुसार निजामती कर्मचारीलाई भैपरी आउने र पर्व बिदा, घर बिदा, बिरामी बिदा, मातृत्व तथा प्रसूति बिदा. प्रसूति स्याहार बिदा, मृत्यु संस्कार बिदा, आन्तरिक पर्यटन बिदा, अध्ययन बिदा र असाधारण बिदा प्रस्ताव गरिएको छ।
त्यस्तै अधिकतम ५ वर्षसम्म बेतली बिदाको व्यवस्था पनि गरिएको छ।
बालेन नेतृत्वको सरकार आएपछि यसअघि सातामा दुई दिन बिदा लागू गरेको छ। त्यस्तै पाक्षीक रूपमा तलब भुक्तानी गर्नेगरी परिपत्र गरिएको छ।