नेपाली कांग्रेसले राष्ट्रिय सभा दल नेता पदबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ।
संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज सिटौलालाई दल नेताबाट हटाएका हुन्।
यसअघि शेरबहादुर देउवा संसदीय दल नेता हुँदा सिटौलालाई राष्ट्रिय सभा दल नेता बनाएका थिए।
आङ्देम्बेले राष्ट्रिय सभा दल नेतामा कमला पन्तलाई मनोनीत गरेका छन्।