नेपाली कांग्रेसले संसदीय दल उपनेता मनोनीत गरेको छ।
संसदीय दल नेता भीष्मराज आङ्देम्बेले दलको विधानअनुसार दल उपनेता मनोनीत गरेका हुन्।
उपनेतामा अभिषेकप्रताप शाह मनोनीत भएको संसदीय दल कार्यालयले जनाएको छ।
फागुन २१ को प्रतिनिधि सभामा शाह कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।