नेपाली कांग्रेसको प्रमुख सचेतकमा सांसद बासना थापा मनोनीत भएकी छन्।
संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज थापालाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।
बासना दैलेख १ बाट निर्वाचित भएकी थिइन्।
यस्तै संसदीय दल नेता आङ्देम्बेले सांसद निश्कल राईलाई सचेतकमा मनोनीत गरेका छन्। राई इलाम १ बाट निर्वाचित भएका थिए।