नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी वडा कार्यालय पुगेर कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।
उपसभापति शर्माले आज झापाको मेचीनगर ९ को वडा पार्टी कार्यालय पुगेर क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन्। वडा सभापति उद्धव बानियाँले उपसभापति शर्माको क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।
कांग्रेसले वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक अभियान गरिरहेको छ।
अहिले क्रियाशील अद्यावधिक नगर्नेहरूको क्रियाशील अभिलेखमा रहने र १५ औं महाधिवेशनमा भाग लिन नपाउने पनि कांग्रेसले जनाएको छ।