नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुगेका छन्।
उनी पार्टीको जरा अभियानअन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुन आज सर्लाही पुगेका हुन्।
सभापति थापा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ मा उम्मेदवार थिए, पराजित भए।

उनी पराजित भएपछि पहिलो पटक सर्लाही पुगेर कार्यक्रममा सहभागी भएका छन्।
कांग्रेसले पार्टी संगठन सुदृढीकरण तथा क्रियाशील सदस्यता अद्यावधिक गर्न जरा अभियान सञ्चालन गरिरहेको छ।