उपसभामुख रूबी कुमारी किष्ट अस्पतालमा भर्ना भएकी छन्।
उनलाई बुधबार बिहान १० बजेतिर अस्पतालमा ल्याएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए।
उनका अनुसार घरमा ज्वरो आएको भनेर अस्पताल ल्याइएको थियो।
‘हिजो बेलुकी ज्वरो आएर औषधि लिनुभएको भन्नुभएको छ। आज पनि ज्वरो आएकाले ल्याइएको थियो। उहाँ बेहोसी अवस्थामा हुनुहुन्थ्यो,’ पाठकले भने।
त्यस्तै ठाकुरको सुगर लेभल पनि कम देखिएको थियो।
आजलाई क्याबिनमा राखेर थप निगरानीमा राखिने पाठकले जानकारी दिए।
‘उहाँलाई निगरानीमा राख्छौं। निगरानीबीच थप उपचार हुनेछ,’ उनले भने।