नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का पक्षले काठमाडौंको धुम्बाराहीमा भेला गरेर १५ वटा निष्कर्ष निकालेका छन्।
उनीहरूले १५ औं महाधिवेशन उद्देश्य र संकल्प पूरा गर्न समग्र पार्टी एकतामा जोड दिएका छन्।
‘बृहत एकताको पन्ध्रौ महाधिवेशन गर्ने उद्देश्य र संकल्प पुरा गर्नका साथै समग्र पार्टी एकता र सुदृढ एवं सबल कांग्रेस निर्माणका लागि सिंगो कांग्रेसको सहभागिता हुने गरि चौधौ महाधिवेशनवाट संशोधित नेपाली कांग्रेसको विधान वमोजिम केन्द्र, प्रदेस जिल्ला लगायत सबै तहमा पार्टी एकताको अभियान कार्यक्रम संचालन गर्ने पर्दछ भन्ने हाम्रो प्रस्ट धारणा छ,’ खड्का पक्षको निष्कर्ष छ।
विशेष महाधिवेशनबाट आएको कार्यसमितिले सबै पार्टी पङ्तिको सम्मानजनक सहभागिता गराउन नसक्ने र निष्पक्ष निर्वाचन गर्न नसक्ने पनि उनीहरूको भनाइ छ।
‘एकपक्षीय महाधिवेशन प्रतिनीनिधिहरूको मात्र सहभागितामा भएको तथाकथित विशेष महाधिवेशनवाट चयन भएको नेतृत्वले अव हुने पन्ध्रौ महाधिवेसनमा सम्पूर्ण पार्टी पंक्तिको सम्मानजनक सहभागिता गराउने र उक्त महाधिवेशनवाट निष्पक्ष निर्वाचन हुने कुरा असंभव भएकोले पार्टीको वृहत्तर एकताको महाधिवेशनका लागि सहमतिमा साझा संरचनाहरुको आवश्यकता हुने ठहर गर्दै सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं,’ उनीहरूको भनाइ छ।
यस्तो छ निष्कर्ष-