काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाएको विरोधमा सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ माग गर्दै प्रदर्शन भएको छ।
बिहीबार जेनजी मुभमेन्ट अलायन्सका युवाहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्न खोजेका थिए। तर प्रहरीले सर्वोच्च अदालत परिसर अगाडि निषेधित क्षेत्र रहेको बताएपछि उनीहरूलाई माइतीघर पठाइएको हो।
त्यसपछि युवाहरू प्रदर्शन गर्न माइतीघर पुगेका हुन्।
माइतीघरमा पुगेर उनीहरूले पम्प्लेट समेत देखाएका छन्।
सर्वोच्चमा दायर भएको रिटमाथि वैशाख २२ गते सुनुवाइ हुने पेसी छ। उनीहरूले सरकारको गतिविधिको विरोध समेत गरेका छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
-1777549455.jpeg)
-1777549454.jpeg)
-1777549454.jpeg)
-1777549452.jpeg)
-1777549452.jpeg)
-1777549452.jpeg)
-1777549453.jpeg)
-1777549453.jpeg)
-1777549452.jpeg)
-1777549452.jpeg)
-1777549452.jpeg)