नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू केही समय मौन रहे पनि अब ब्रत तोड्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।
मौन बस्दा प्रश्नहरू नै मर्ने खतरा देखिएको उनले बताए।
‘हामी केही समय बोलेनौँ भने त्यो मौनताको बीचमा सत्यको खोजी होला र अरूले बोल्लान् भनेर पर्खिएका थियौँ। तर अब मौन बस्दा प्रश्नहरू नै मर्ने खतरा देखियो, त्यसैले यो व्रत तोड्नुपर्ने आवश्यकता छ,’ नेपाल ट्रेड युनियन कांग्रेसले आज गरेको कार्यक्रममा उनले भने।
सभापति थापााले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न आग्रह गरेका छन्।
‘अतिक्रमण हटाउने अधिकार सरकारलाई छ, तर आफ्ना नागरिकसँग ‘युद्ध अपराधी’ जस्तो व्यवहार गर्न मिल्दैन,’ उनले भने।
उनले आफूहरूले सभ्य र विनम्र भएर प्रश्न तथा खबरदारी गर्दै विकल्प पनि सुझाउने बताए।
‘तर सरकारले हाम्रो विनम्रतालाई कमजोरी नठानोस्। हामी नम्र छौँ, तर कमजोर छैनौँ,’ उनले भने।
- न्युज एजेन्सी नेपाल