काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्ती भत्काएर घरबिहीन भएका थप २८० परिवारले नाम टिपाएका छन्।
शुक्रबार थप २८० परिवारले नाम टिपाइको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष कुमार सिम्खडाले जानकारी दिए।
बिहीबारसम्म १२१४ परिवारले नाम टिपाएका थिए। शुक्रबारसमेत गरी अहिलेसम्म १४९४ परिवारले नाम र विवरण टिपाएका छन्।
शुक्रबार नाम टिपाउनेहरू बल्खु, वंशीघाट, शंखमुल र मनोहराका हुन्। यी क्षेत्रमा सरकारले आज डोजर चलाएर बस्ती भत्काएको हो।
उनका अनुसार त्यसमध्ये १७ परिवारका ४१ सदस्यलाई भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्रमा राखिएको छ।
अन्यको पनि व्यवस्थापनको काम भइरहेको उनले बताए।