राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ११ बजे बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार बैठकको चारवटा कार्यसूची तय गरिएको छ।
आजको बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे छलफल हुनेछ। रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो।
त्यस्तै आजको बैठकमा महाधिवेशन कार्यविधि २०८३ बारे पनि छलफल हुनेछ। रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरिसकेको छ।
यस्तै रास्वपाले संसदीय दलको विधान संशोधन सम्बन्ध गर्दैछ। आजको बैठकमा त्यसबारे छलफल हुने प्रवक्ता झाले बताए।
आजको बैठकमा विविध विषयमा पनि छलफल हुनेछ।