स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसीप एकेडेमीबाट उतिर्ण हुनैपर्ने बाध्यकारी नियम ल्याएको छ।
आइतबार बसेको सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि योग्य र क्षमतावान उम्मेदवार तयार पार्ने सैद्धान्तिक र नीतिगत आधार तयार पारेको हो।
रास्वपाको यसअघिको बैठकले क्याण्डिडेट क्लब र लिडरसीप एकेडेमीलगायत उम्मेदवार छनोटको रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो।
कार्यदलले आइतबार पार्टी सभापतिलाई रूपरेखाको मस्यौदा हस्तान्तरण गरिसकेको छ।