राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कसैलाई पनि घरबारबिहीन नबनाइने बताएका छन्।
आइतबार बनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठक पछि बोल्दै लामिछानेले कसैलाई पनि घरबारबिहीन नबनाइने बताएका हुन्।
‘रास्वपाले कसैलाई घरबारबिहीन बनाउँदैन। जोखिममा रहेका बस्ती हटाएका हौं। उहाँहरूले २०औं वर्षदेखि दु:ख सहँदै आउनुभएको छ, केही दिन अझ दु:ख होला। सरकारले कसैलाई घरबारबिहीन बनाउँदैन,’ उनले भने, ‘व्यवस्थापन यो भन्दा राम्रो हुन्थ्यो होला। मिस्रित प्रतिक्रिया आएका छन्। विगतमा धेरै आयोग बने, व्यवस्थापनका विभिन्न मोडालिटीमा छलफल भए। रास्वपाले चुनावी वाचापत्रमा १००० दिनभित्र व्यवस्थापन गर्ने भनेकै थियो। अहिलेको व्यवस्थापन छिटो टुंग्याउन निर्देशन दिएको छ।’