नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आफ्नो वडा कार्यसमिति कार्यालयमै पुगेर पार्टी क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्।
कांग्रेसले वैशाखभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्न भनेको छ। अहिले अद्यावधिक नगर्नेहरूले १५ औं महाधिवेशनमा भाग लिन नपाउने कांग्रेसको भनाइ छ। कांग्रेसले असोजमा महाधिवेशन गर्दैछ।
संसदीय दल नेता आङ्देम्बेले गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका पालिका वडा नम्बर १ नवमीडाँडा पुगेर क्रियाशील सदस्यता अद्याविध गरेको उनको सचिवालयले जनाएको छ।
सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत पदाधिकारी र नेताहरूले वडामै पुगेर क्रियाशील सदस्यता अध्यावधिक गरिसकेका छन्।
तर नेता पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्षले भने अहिलेको व्यवस्थाअनुसार वडामै पुगेर क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बताइरहेका छन्।