राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि कुलिङ पिरियडसम्बन्धी व्यवस्था गर्न लागेको छ।
रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखाको मस्यौदा तयार पारी सचिवालयमा बुझाएको हो।
क्यान्डिडेट क्लबमा आवेदन दिन चाहने आकांक्षीहरूको हकमा पार्टी सदस्यता प्राप्त गरेको समयावधि लागू हुने मस्यौदामा उल्लेख छ।
आफ्नो जीवनकालमै पहिलोपटक कुनै राजनीतिक दलको सदस्य बनेको अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी नै पहिलो राजनीतिक दल रहेको व्यक्तिको हकमा पार्टी सदस्यता प्राप्त गरेको कम्तीमा ४५ दिन पूरा भएपछि क्यान्डिडेट क्लबमा निवेदन दिन पाउने छ।
अन्य राजनीतिक दल त्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको व्यक्तिको हकमा भने पार्टी सदस्यता प्राप्त गरेको कम्तीमा ९० दिन पूरा भएको हुनुपर्ने मस्यौदामा उल्लेख छ।