नेपाली कांग्रेसले संसद समन्वय वोर्डको पहिलो बैठक आह्वान गरेको छ।
संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको बैठक मंगलबार बस्नेछ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबार अपराह्न ३ बजे बैठक बस्नेछ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले बताए।