सभामुख डिपी अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने प्रक्रिया सुरू गरेका छन्।
अघिल्ला सभामुख देवराज घिमिरेले सचिव नियुक्त गरेका राईलाई हटाउन सभामुख अर्यालले स्पष्टीकरण सोधेको स्रोतले जानकारी दियो।
स्पष्टीकरण बुझाउने अन्तिम दिन आज सोमबार थियो।
सचिव राईलाई हटाएपछि उनको ठाउँमा नयाँ नियुक्तिका लागि सिफारिस गर्न बाटो खुल्नेछ।
प्रतिनिधिसभाका सभामुखले सचिवको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्त गर्ने नियम छ।
सचिव राईलाई विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए।
झापाको शिवसताक्षी नगरपालिका–२ का राई लामो समय शिक्षण पेसामा आबद्ध थिए।