नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरू नियुक्त भएका छन्।
पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले बुधबार विभिन्न क्षेत्रमा योगदान ३९ जनालाई प्रतिष्ठानको सदस्य नियुक्त गरेका हुन्।
३९ मध्ये १० जना विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरू छन्।
उपसभापति शर्माले मनबहादुर थापा, डा. यादव पण्डित, मीन भाम,श्रवण मुकारूङ, मोहना अन्सारी, विनोद दास, डा. डिबी सुनार, रोशनी गिरी, प्रकृति भट्टराई र गोकुल लिम्बूलाई प्रतिष्ठान सदस्य नियुक्त गरेका छन्।
मनबहादुर थापा विपद व्यवस्थापन विज्ञ हुन्।
उनी कृषी अर्थशास्त्रमा फिलिपिन्सबाट स्नातकोत्तर एवं प्राकृतिक श्रोत व्यवस्थापनमा अमेरिका न्युयोर्कको कर्णेल युनिभर्सिटीबाट पोस्ट ग्र्याजुए छन्।
उनीसँग दुई दशक यता टर्की, जिम्बाबे, श्रीलंका, मालद्विप्स र भारत लगायतका देशमा विपद व्यवस्थापनमा कार्य अनुभव छ।
डा. यादव पण्डित परमाणु वैज्ञानिक हुन्।
अमेरिकाको टेनिसिमा वाप्टिस स्वास्थ विज्ञान विश्वविद्यालयमा परमाणु वैज्ञानिकका रुपमा कार्यरत छन्। उपसभापति शर्मा नेविसंघको सभापति हुँदा डा. पण्डित महामन्त्री थिए।
मीन भाम ख्यातीप्राप्त चलचित्र निर्देशक हुन्। उनले निर्देशन र निर्माण गरेका दुई फिल्म `कालो पोथी´ र `साम्बला´ ओस्कारमा पुगेका थिए l
श्रवण मुकारूङलाई आलोचनात्मक चेत भएका कविका रूपमा चिनिन्छ। 'बिसे नगर्चीको बयान' उनको चर्चित कविता हो।
मोहना अन्सार सुपरिचित मानवअधिकारकर्मी हुन्। उनी राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य हुन्।
विनोद दास क्रिकेटर हुन्। उनी नेपाली राष्ट्रिय किकेट टिमका पूर्वकप्तान पनि हुन्।
डा डिबि सुनारले चीनको सेन्ट्रल चाइना नर्मल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विधावारिधी गरेका छन्।
रोशनी गिरि बेलायतको क्याम्ब्रीज युनिभर्सिटीबाट एलएलएम गरेकी छन्।
प्रकृति भट्टराईले बेलायतकै अक्सफोर्डबाट पब्लिक पोलिसीमा स्नातकोत्तर गरेकी छन्। उनी सार्वजनिक नीति विशेषज्ञ हुन्। हाल उनी हार्भर्डमा टिचिङ फेलोको भूमिकामा छिन्।
गोकुल लिम्बू फाइन आर्टमा विधावारिधि हुन्।
को-को नियुक्त भए—
१. श्री मधु आचार्य- काभ्रेपलाञ्चोक
२. डा. गोपाल दहित थारू — बर्दिया
३. श्री अञ्जु झा — रौतहट
४. श्री उमेश श्रेष्ठ — ललितपुर
५. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान
६. श्री मीन भाम — मुगु
७. डा. अञ्जनीकुमार झा — महोत्तरी
८. डा. यादव पण्डित — प्रवास
९. श्री बद्री सिग्देल — वर्दिया
१०. श्री गोपालप्रसाद पोखरेल — सुनसरी
११. श्री श्रवण मुकारुङ — भोजपुर
१२. श्री मोहना अन्सारी — बाँके
१३. श्री महेन्द्रप्रसाद यादव — सप्तरी
१४. श्री श्रीप्रसाद भलामी मगर — गुल्मी
१५. श्री विनोद दास — बारा
१६. ई. दिपेश विष्ट — काठमाडौं
१७. डा. कृष्णप्रसाद पौडेल — कास्की
१८. श्री प्रकाश लामिछाने — सुर्खेत
१९. श्री सूर्यमाराज राई — मोरङ
२०. श्री मनबहादुर थापा — चितवन
२१. श्री विमला राई — खोटाङ
२२. श्री राकेश सिंह — पर्सा
२३. श्री नरेन्द्र पासवान — रौतहट
२४. श्री दक्ष पौडेल — काठमाडौं
२५. श्री कञ्चन झा — पर्सा
२६. श्री सुमित शर्मा ‘समीर’ — धनुषा
२७. श्री खगेन्द्र आचार्य — काठमाडौं
२८. डा. डी.बी. सुनार — अछाम
२९. श्री रोशनी गिरी — काठमाडौं
३०. श्री जनक चटौत — डडेल्धुरा
३१. श्री डोलराज भुसाल — स्याङ्जा
३२. श्री अमृत ज्ञवाली — गुल्मी
३३. श्री एलिजा ढकाल — तनहुँ
३४. श्री प्रकृति भट्टराई — काठमाडौं
३५. श्री कैलाश के.सी. — सोलुखुम्बु
३६. श्री स्वीकृति पौडेल — काठमाडौं
३७. श्री उमंग लोहनी — चितवन
३८. श्री गोकुल लिम्बू — ताप्लेजुङ
३९. श्री प्रमेश खनाल — काठमाडौं